काठमाडौं । यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले इन्डोनेसियासामु विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ४२० रनको विशाल योगफल तयार पारेको हो ।
नेपालको विस्फोटक प्रदर्शनमा प्रशिद्ध जैशीले शतक प्रहार गर्दै टोलीलाई मजबुत स्थितिमा पुर्याए । उनले सानदार प्रदर्शन गर्दै इनिङ्सको नेतृत्व गरे । यस्तै, परिमार्जन यादव, रौनक श्रीवास्तव र जोय थापाले अर्धशतक बनाउँदै जैशीलाई राम्रो साथ दिएका थिए ।
इन्डोनेसियाविरुद्ध नेपालको यो प्रदर्शन यू–१६ इस्ट जोन कपमा उच्च स्कोरमध्ये एक हो । अब इन्डोनेसियाले जितका लागि ४२१ रनको चुनौती पाउनेछ, जुन नेपालको बलिङ आक्रमणका सामु कठिन चुनौती हुने अनुमान गरिएको छ ।
नेपालले प्रतियोगितामा अझ सशक्त प्रदर्शन गर्दै उपाधि नजिक पुग्ने संकेत दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया