डडेलधुरा । डडेलधुराको परशुराम नगरपालिका–७ सादनीका १३ वर्षीय प्रकाश भट्टराईको सर्पदंशबाट मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय जोगबुडाका प्रमुख सुरेश रोकायाका अनुसार आज बिहान शौचालय जाँदै गर्दा उनलाई सर्पले डसेको थियो । घाइते अवस्थामा तत्कालै उपचारका लागि अस्पताल पुर्याइएको भए पनि उपचारका क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
भट्टराई स्थानीय शिवशङ्कर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया