पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध   

लोकपथ
154
Shares
फाइल तस्बिर

लमजुङ ।  पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ मर्स्याङ्दी गाउँपालिका–४ बुङ झरना नजिक आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

 जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक रमेश बोहोराका अनुसार गए रातिको अविरल वर्षाका कारण पहिरो खसेको हो । पहिरो पन्छाउने प्रयास जारी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?