अझै बस्न सकेन प्रतिनिधि सभा बैठक, अवरोध हटाउने प्रयासमा सभामुख

लोकपथ
280
Shares

काठमाडौं । बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अझैसम्म बस्न सकेको छैन ।

विपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा माग्दै संसदमा अवरोध गरेपछि बैठकअघि छलफल जारी रहेको छ ।

सभामुख देवराज घिमिरेले संसद बैठकको अवरोध हटाएर काम कारबाहीलाई अघि बढाउने प्रयास गरिरहेका छन् । तर प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहित विपक्षी दलहरुले आफ्नो अडान नछाड्दा बैठक तोकिएको समयमा बस्न नसकेको हो ।

आजै सभामुख घिमिरेले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग भेटघाट गरेका छन् । साथै त्यसपछि नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग समेत छलफल गरेका हुन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको भन्दै उनले राजीनामा दिएर अनुसन्धानलाई सघाउनुपर्ने विपक्षीहरुको अडान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?