Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

भारतको सैन्य हमलामा पाकिस्तानको जैस ए मोहम्मदका कमान्डर मसूद अजहरका १० नातेदारसहित १४ मारिए

लोकपथ २४ बैशाख २०८२, बुधबार १५:०३
भारतको सैन्य हमलामा पाकिस्तानको जैस ए मोहम्मदका कमान्डर मसूद अजहरका १० नातेदारसहित १४ मारिए
शेयर गर्नुहोस् Facebook

काठमाडौं । भारतले पाकिस्तानमाथि गरेको सैन्य हमलामा त्यहाँको उग्रवादी समूह जैस ए मोहम्मदका कमान्डर मसूद अजहरको परिवारका १० जना सदस्य मारिएका छन् । साथै चार जना नजिकका सदस्य पनि मारिएका छन् । 

पाकिस्तानको बहावलपुरस्थित सुभान अल्लाह मस्जिदमा भएको हमलामा मसूद अजहरका नातेदार र सहयोगी मारिएका हुन् । 

यस सम्बन्धमा जैश–ए–मोहम्मद (जेईएम)ले बुधबार एक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा मृत्यु हुनेहरूमा मसूद अजहरकी दिदी र भिनाजु, भतिजा, भतिजाकी श्रीमती, भतिजी र परिवारका पाँच छोराछोरी रहेको उल्लेख छ ।

सो संगठनले सन् २०१९ मा गरेको आत्मघाती बम विस्फोटमा ४० सैनिकको मृत्यु भएको थियो । 

बुधबार बिहान भारतीय सेनाकी कर्णेल सोफिया कुरेशीले पत्रकार सम्मेलनमा भारतीय सशस्त्र बलले ६–७ मे २०२५ को राति १ः०५ देखि १ः३० बजेको बिचमा ‘अपरेसन सिन्दूर’ चलाएको बताएकी थिइन् । ‘यो अपरेसन अप्रिल २२ मा पहलगाममा भएको भयानक आतंकवादी आक्रमणको सिकार भएका निर्दोष नागरिकहरू र उनीहरूका परिवारहरूलाई न्याय प्रदान गर्न सुरु गरिएको थियो । यस अपरेसनमा नौ आतंकवादी शिविरहरूलाई लक्षित गरी पूर्णरूपमा ध्वस्त पारिएको थियो,’ उनले भनिन् । 

पाकिस्तानले भारतीय हवाई आक्रमणमा २६ जना सर्वसाधारण पाकिस्तानी मारिएको र ४६ जना घाइते भएको बताएको छ ।  भारतले नियन्त्रण रेखामा सीमापार गोलाबारी हुँदा १० जना भारतीय सर्वसाधारण मारिएको र ३२ जना घाइते भएको बताएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।