अवरुद्ध कान्तिलोकपथ पुनः सञ्चालन

लोकपथ
126
Shares

बागमती ।  हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक आज दिउँसोदेखि यातायात सञ्चालन भएको छ । 

मकवानपुरको भीम फेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती खोलामा बनाइएको डाइभर्सन वर्षासँगै आएको बाढीले बढाएपछि सडक अवरुद्ध थियो । 

सडक मर्मतसम्भार गरेपछि आज दिउँसो १ बजेदेखि सो सडकमा यातायात सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । सो सडकमा केही दिनदेखि स्तरोन्नतिको काम भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?