अविरल वर्षाको प्रभाव : कहीँ डाइभर्सन बगायो, कहीँ  सवारी साधन चिप्लिएर चल्नै सकेनन्

लोकपथ
1.7k
Shares
फाइल तस्बिर

काठमाडौं । शनिबार रातिदेखिको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् । 

आज आइतबार प्रहरीद्वारा जारी विज्ञप्तिमा देशभरिका विभिन्न स्थानका सडकहरू पहिरो र अविरल वर्षाका अवरुद्ध भएको उल्लेख छ । साथै अविरल वर्षाका कारण केही स्थानका सडक आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ भने केही स्थानमा एकतर्फी सञ्चालनमा आएको छ । 

हेटौंडाबाट काठमाडौं आउने कान्ति लोकपथ अवरुद्ध भएको छ । वर्षाका कारण बागमती नदीमा बाढी आउँदा कान्ति लोकपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोलाको डाइभर्सन बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको ।

यसैगरी, पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक अवरुद्ध भएको छ । सडक विस्तारका क्रममा रहेको यस सडकको दाउन्ने क्षेत्रमा निरन्तरको वर्षाका कारण सडकमा सवारीसाधन चिप्लिन थालेपछि सडक अवरुद्ध भएको हो । 

त्यस्तै  धादिङमा पहिरो जाँदा बेनी घाटरोराङ गाउँपालिका –७ कृष्णभिर पृथ्वी लोकमार्ग एकतर्फी सुचारु भएको छ । 

सिन्धुपाल्चोकमा पनि अविरल वर्षाका कारण  भोटेकोशी गाउँपालिका–२ कोप्लाङ अरनिको राजमार्गमा एकतर्फी रूपमा साना सवारी मात्र सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?