‘सूचनाको हकको प्रयोगले प्रदेशमा सुशासन कायम गर्न सहयोग पुगेको छ’

लोकपथ
77
Shares

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सूचनाको हकको प्रयोगले प्रदेश सरकार र अन्तर्गतका निकायबाट प्रदान गरिने सेवामा सुशासन एवं पारदर्शिता कायम गर्न सहयोग पुगेको बताएका छन् । 

विश्व प्रेस स्वतन्त्रता दिवसका उपलक्ष्यमा नेपाल पत्रकार महासंघ मोरङले आज आयोजना गरेको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार वितरण तथा अग्रज पत्रकार सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

मुख्यमन्त्री कार्कीले विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिँदै सञ्चारकर्मीले सत्य तथ्य विवरणसहितको सूचना आमजनतासमक्ष पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए । 

अँध्यारो कोठाबाट लोकतान्त्रिक शासन प्रणाली र आमनागरिकमाथि हुने साइबर हमला कुनै हालतमा सह्य नहुने भन्दै उनले नेपाल सरकारले यस्ता कार्यलाई तुरुन्त नियन्त्रण गर्न कानुनको दायरामा ल्याउनुपर्ने आवश्यकता औँल्याए ।

मुख्यमन्त्री कार्कीले निजी क्षेत्रको महत्त्वपूर्ण सहभागितामा शुक्रबार सम्पन्न प्रदेश लगानी सम्मेलनमा एक खर्ब ५२ अर्ब १६ करोडका ४६ परियोजनाले प्रदेश र मुलुकको आर्थिक समृद्धि, रोजगारी सिर्जनामा महत्त्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?