उत्पादन, रोजगारी र पूर्वाधार विकासमा नीति कार्यक्रमको जोड : मन्त्री भण्डारी

लोकपथ
119
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नीति तथा कार्यक्रमले योजना र कार्यक्रमको दिशा निश्चित निर्देश गरेको बताएका छन् । उनले नीति तथा कार्यक्रम समयसीमा तोकेर हुने कामलाई हुने र नहुने कामलाई नहुने भनेर आएको बताए ।  

नीति तथा कार्यक्रमले उद्यमशीलता, आन्तरिक रोजगारी, सीपयुक्त जनशक्ति तयार गर्नेदेखि कृषिलगायत उत्पादनमूलक क्षेत्रमा रोजगारी सिर्जनाका लागि जोड दिइएको उनको भनाइ छ । 

उनले सरकारले आन्तरिक रोजगार वर्ष घोषणा गरेकाले मुलुकमा जुन किसिमको केही भएको छैन भन्ने भास्य निर्माण गरिएको छ त्यसलाई चिर्नका लागि दक्ष जनशक्ति तयार गर्ने र उद्यमशीलताको आधारमा नयाँ पुस्ता लक्षित कार्यक्रम घोषणा गरिएको दाबी गरे । 

उनले प्राविधिक शिक्षालाई ग्रेडिङ गरेर विश्वविद्यालयसम्म लैजाने नीति लिएको पनि स्पष्ट पारे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?