काठमाडौं । सरकारले आगामी २० वर्षमा नेपाललाई शून्य कार्बन उत्सर्जन गर्ने मुलुक बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
सरकारले सन् २०४५ सम्ममा नेपाललाई शून्य कार्बन उत्सर्जन गर्ने देश बनाउने प्रतिबद्धताका साथ काम गर्ने जनाएको हो ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा जानकारी गराएका हुन् ।
‘सन् २०४५ सम्ममा खुद शून्य कार्बन उत्सर्जन गर्ने देश बन्ने नेपालको प्रतिवद्धता पूरा गर्न दीर्घकालीन रणनीति कार्यान्वयन गरिनेछ,’ उनले भने ।
त्यस्तै मानव–बन्यजन्तु द्वन्द न्यूनिकरणका लागि सरकारले नीति लिने समेत उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया