गैरआवासीय नेपालीलाई दिएको नेपाली नागरिकताले काम गर्न सकेन : उपसभापति गुरुङ

लोकपथ
357
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गैरआवासीय नेपालीलाई दिएको नेपाली नागरिकताले काम नगरेको टिप्पणी गरेका छन् । 

नेपाली कांग्रेस जनसम्पर्क समितिले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित  कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । 

उनले गैरआवासीय नेपालीले लिएको गैरआवासीय नेपाली नागरिकताले नेपालमा उद्योग व्यवसाय गर्न मार्ग प्रशस्त नगरेको बताए ।  गैरआवासीय नेपाली नागरिकता लिएर नेपालमा उद्योग खोल्न वा जग्गा किन्न सहज नभएको बताए 

सम्बन्धित निकायमा कामका लागि जाँदा विभिन्न प्रक्रिया देखाएर कर्मचारीहरूले समस्या खडा गर्ने काम गरेको उनको भनाइ छ । उनले गैरआवासीय नेपालीलाई नेपालमा लगानीमैत्री कानुन निर्माणका लागि तत्काल छलफल अगाडि बढाउन पार्टीले भूमिका खेल्नुपर्ने बताए  । 

उपसभापति गुरुङले विदेशमा रहेका नेपालीलाई सहज हुने कानुन निर्माण गर्न आवश्यक रहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?