काठमाडौं । गैर आवासीय नेपाली संघको एकता महाधिवेशनका लागि नेपाल आएका प्रतिनिधिहरूले महाधिवेशन सफल बनाउनुपर्नेमा जोड दिएका छन् ।
वर्तमान समयमा नेपालका राजनीतिक दलहरूले एनआरएनएका विषयमा फरक-फरक तरिकाबाट व्याख्या गरिदिएकाले पनि यो महाधिवेशन विशेष रहेको उनीहरूको भनाइ छ ।
मंगलबार नेपाल आएका युरोपका प्रतिनिधिहरूले नेपालको कानुनले दिएका सम्पूर्ण प्रक्रिया पूरा गरी महाधिवेशन सफल बनाउने बताएका छन् ।
बाध्यात्मक अवस्थामा महाधिवेशन गर्नुपर्ने भएकाले सञ्चारकर्मी, राजनीतिक दल, नागरिक समाजलगायत सम्बद्ध सबैलाई महाधिवेशन सफल बनाउन उनीहरूको आग्रह छ ।
साथै प्रतिनिधिहरूले संस्थापक सदस्य या अन्य जो कोही भए पनि कुनै पनि बहानामा एनआरएनए फुटाउने खेलामा नलाग्न सम्बद्ध सबैलाई अनुरोध गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया