नेपाल विद्युत् प्राधिकरणको श्वेतपत्र स्थगित

लोकपथ
392
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको श्वेतपत्र आज सार्वजनिक नहुने भएको छ । प्राधिकरणले प्राविधिक कारणले आज दिउँसो सार्वजनिक गरिने भनिएको श्वेतपत्र स्थगित गरिएको जानकारी दिएको हो । प्राविधिकले अब अर्को सूचना नआउँदासम्मका लागि श्वेतपत्र स्थगित गरेको बताएको छ ।

सरकारको बर्खास्तीमा परेका कुलमान घिसिङको कार्यकालमा भएगरेका आर्थिक एवं प्राविधिकलगायतका विवरण समेटेर आज दिउँसो श्वेतपत्र निकाल्ने तयारी गरे पनि आजका लागि स्थगित भएको प्राधिकरण स्रोतले जनाएको छ ।

कुलमान घिसिङले नाफा देखाएकोमा हालका निर्देशक शाक्यको श्वेतपत्रमा घाटाको विवरण उल्लेख छ । ५ अर्ब २६ करोड सञ्चित घाटासहितको श्वेत पत्र तयार भएको स्रोतले जनाएको छ ।

प्राधिकरणले चालू आवको फागुन मसान्तसम्म भएका ठेक्कापट्टाअन्तर्गत ११ अर्ब ६१ करोडको बिल भुक्तानी गर्न बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?