…त्यसपछि मन्त्रीसँग वार्ता गर्न गएको शिक्षक महासंघको टोली गेटबाटै फर्कियो

लोकपथ
5.9k
Shares
तस्वीरः गुगल

काठमाडौं । आन्दोलनरत शिक्षकका प्रतिनिधि र सरकार पक्षबिच आजका लागि बोलाइएको बैठक अन्तिम अवस्थामा भंग भएको छ ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आन्दोलन शिक्षकको प्रतिनिधि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई वार्ताका लागि बोलाएका थिए ।

शिक्षा मन्त्रालयले आफूखुसी २५ सदस्यीय वार्ता टोली गठन गरेर वार्ता गर्न लागेको थियो । शिक्षक महासंघलाई कुनै जानकारी नै नदिइ उक्त वार्ता टोली गठन भएपछि सिंहदरबार पुगेपनि शिक्षा मन्त्रालय नै नछिरी शिक्षक महासंघको टोली फर्किएको हो ।

सो विषयमा जानकारी दिँदै शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आफूहरु वार्ताका लागि नगएको बताए । मन्त्रीले वार्ताका लागि बोलाए पनि अन्तिम अवस्थामा कारणबस नगएको उनले बताएका छन् ।

‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली ने शि महासङ्घले तयार नगरेको ब्यहोरा जानकारी गराउँछौँ । आज मिति २०८२ बैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यू सँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौ तर विशेष कारणबश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौँ,’ उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् ।

शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित देशभरका शिक्षकहरुले गत चैत २० गतेबाट आन्दोलन गरिरहेका छन् । यसबिचमा समेत पटकपटक वार्ता हुँदा समेत शिक्षकहरुले आश्वस्त हुने कुनै आधार नदेखेपछि वार्ता भाँडिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?