यी हुन् डोटीमा मिनी ट्रक दुर्घटनामा मृत्यु भएकाहरू

लोकपथ
84
Shares

काठमाडौं । भीमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनमा आज बिहान मिनी ट्रक दुर्घटना हुँदा मृत्यु भएका सबै जनाको सनाखत भएको छ ।

इलाका प्रहरी कार्यालय बुडर, डोटीका अनुसार, मृत्यु हुनेमा बझाङको बुंगल नगरपालिका–२ दहबगरका अर्जुन धामी, उज्ज्वल जाग्री र जगत धामी छन् । अर्जुन चालकसमेत हुन् । उनीहरू सबै जनाको घटनास्थलमै मृत्यु भएको थियो । 

धनगढीबाट खाद्यान्न र खुद्रा सामान बोकेर बझाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ०००१ ख ३४२८ नम्बरको मिनी ट्रक सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको थियो ।

घटनास्थल बुडरबाट ११ किलोमिटर उत्तर पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?