काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले शिक्षामन्त्रीबाट विद्या भट्टराईले राजीनामालाई नैतिकता र इमान्दारितासँग जोडेर हेरेकी छिन् ।
शिक्षक आन्दोलन चलिरहेका बेला शिक्षामन्त्रीबाट भट्टराईले किन राजीनामा दिनुको कारणबारे प्रश्न समेत उठाएकी हुन् ।
सामाजिक सञ्जालमा लेख्दै पूर्वमुख्यमन्त्री समेत रहेकी नेतृ शाक्यले भट्टराई सक्षम, इमान्दारे र नैतिकता उच्च भएको एउटा असल नेता भएको कारणले राजीनामा दिनुपरेको हो भन्दै प्रश्न समेत गरेकी छिन् ।
शिक्षकहरुको आन्दोलन चलिरहेका बेला सोमबार एकाएक भट्टराईको राजीनामा आएको थियो । आफैँ प्राज्ञिक व्यक्ति रहेका कारण शिक्षकहरुको माग सम्बोधन गर्ने धेरैको अपेक्षा रहेको थियो । तर शिक्षक आन्दोलनकै बीच प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिका कारण शिक्षकहरुको माग पूरा हुन नसक्ने अवस्थामा नरहेपछि मन्त्रीबाट भट्टराईले राजीनामा दिएको बताइएको छ ।
साथै एमालेका कतिपय नेताहरुले भने काम गर्न नसकेका कारण भट्टराईले राजीनामा दिएको भन्दै आलोचना समेत गरिरहेका छन् । यता नेतृ शाक्यले भने भट्टराईको राजीनामाले उनको नैतिक धरातल अझ उच्च बनाएको र त्यसबाट सबैले पाठ सिक्नुपर्ने समेत बताइन् ।
‘शिक्षक आन्दोलन चलिराखेको बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा किन दिनुपर्यो रु विद्या भट्टराई सक्षम इमान्दार नैतिकता उच्च भएको एउटा असल नेता भएको कारणले राजिनामा दिनुपरेको हो रु उहाँलाई सहयोग किन भएन रु कमरेड विद्याको राजीनामाले उहाँको नैतिक धरातल कमजोर होइन अझ उच्च बनाएको छ । कमरेड विद्या तपाईंको इमान र नैतिकता सबैको लागि सधैँ प्रेरणा बनोस्,’ उनले भनेकी छन् ।
२० दिनदेखि शिक्षकहरु आन्दोलन गरिरहँदा समेत सरकारले उनीहरुलाई आश्वस्त बनाउन नसकेको भन्दै प्रधानमन्त्री ओलीको आलोचना समेत भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया