काठमाडौं । ताप्लेजुङको पाथिभरा मन्दिर दर्शनका लागि जाँदै गएको जीपमा करेन्ट लागेर आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जीपमा सेवारो चोक भन्ने स्थानमा आगलागी भएको थियो । बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् एसएसपी भीमबहादुर दाहालका अनुसार, गम्भीर घाइते दुबै जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ भने मृतकको पहिचान हुन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया