कानुनहरू चाँडै पारित गर्ने गरी काम भइरहेको छ : मन्त्री चौरसिया 

लोकपथ
126
Shares

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानुनहरू चाँडै पारित गर्ने गरी काम अगाडी बढेको बताएका छन् । 

शुक्रबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले आगामी दिनमा सम्बन्धित मन्त्रालयको मात्रै विषय समेटेर कानुन संशोधनको प्रयास गर्ने बताए । 

मन्त्री चौरसियाले सांसद सोविता गौतमले उठाएको विषयमा जवाफ दिँदै आगामी दिनहरूमा सम्बन्धित मन्त्रालयलाई मात्रै समेटेर कानुनहरू ल्याउने बताए । 

उनले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा धेरै संशोधनहरू रहेको कारणले गर्दा धेरै समय लागेको बताउँदै आगामी दिनमा छिटो पारित हुने गरी कानुनहरू ल्याउने जिकिर गरे ।  

मन्त्री चौरसियाले भने, ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पास भएको छ । धेरै ठुलो संशोधनहरू थिए । ८०–८१ भन्दा धेरै संशोधनहरू थिए । त्यसमा विभिन्न मन्त्रालयको विषयहरू समेटिएको कारणले लामो छलफल र मन्त्रालयहरूको समेत सहमतिले माननीय सांसदहरूले सहमति जनाउनुभएको छ । माननीय सोविता गौतमले भन्नुभयो कानुन लामो ल्याउनुभन्दा सानो सानो ल्यायो भने छिटोछरितो हुनसक्छ । एउटाको कारणले अर्को अड्किने, अर्कोको कारणले अर्को अड्किने । हामी प्रयास गर्छौँ । एक/एक वा दुई/दुई मन्त्रालयको मात्र समेटेर आगामी दिनमा संशोधन ल्याउने प्रयास गर्दछौँ ।’

मन्त्री चौरसियाले अहिलेको सरकारको कारण नेपाल ग्रे लिस्टमा पर्‍यो भनेर भाष्य बनाइएको भन्दै आपत्ति जनाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?