काठमाडौं । नेकपा माओवादी केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयकको खाेजी गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती विधेयकको उपसमितिको प्रतिवेदनमाथिको छलफलमा पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले अख्तियार विधेयकको खाेजी गरेका हुन् ।
उनले उपसमितिले पास गरेको विधेयक अख्तियार दुरुपयोग अनुसन्धान आयोग एन संशोधन विधेयक दराजमा थन्केर बसेको बताए । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयकमा धमिरा लाग्यो कि भन्ने चिन्ता रहेको बताए । उनले उक्त विधेयकलाई छिटो पास गरेर संसद्मा लैजानुपर्ने बताए ।
उनले भने, ‘हामीले छिटो काम गर्नेबारेमा पनि सोच्नुपर्यो । पहिलेको उपसमितिले पास गरेको विधेयक (अख्तियार दुरुपयोग अनुसन्धान आयोग एन संशोधन विधेयक) दराजमा थन्केको छ । अब त धमिरा लाग्छ कि भनेर डर लागिरहेको छ । अब त्यो धमिरा शब्द पनि प्रयोग गर्नुपर्ने भयो । त्यो ल्याउनु पर्यो पास गर्नुपर्यो ।’
अख्तियार विधेयक २७ चैत २०७९ मा राष्ट्रिय सभाबाट पास भएर प्रतिनिधि सभामा आएको थियो । त्यसपछि प्रतिनिधिसभाले सैद्धान्तिक छलफल गरेर ३१ भदौ २०८० उक्त विधेयक राज्य व्यवस्था समितिमा पठाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया