काठमाडौं । धनुषाको लालगढमा सातै प्रदेशका उपसभामुखहरूको तीन दिवसीय सम्मेलन बिहीबार देखी सुरु भएको छ ।
मधेस प्रदेशसभा सचिवालयद्वारा आयोजित सम्मेलनमा संघीयता र संसदीय अभ्यास सुदृढीकरणका विषयमा गहन छलफल भइरहेको हो ।
कार्यक्रमको उद्घाटन सत्रमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संघीयता कार्यान्वयनका उपलब्धिहरू प्रचारप्रसारमा कमजोर रहेको बताए । उनले नेपाललाई आफ्नो पहिचानमा चिनाउँदै पर्यटनमार्फत अर्थतन्त्र सुदृढ गर्न सकिने धारणा व्यक्त गरे ।
सम्मेलनमा संघ र प्रदेशका उपसभामुखहरू तथा संविधानविद् काशीशरण दाहालको सहभागिता रहेको छ । सम्मेलनमा अनुभव आदानप्रदान र सुधारात्मक सुझावहरू प्रस्तुत गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया