खानेपानी संस्थान कोमामा छ, नाफामा ल्याएरै छोड्छु : मन्त्री यादव

लोकपथ
294
Shares
फाइल तस्बिर

काठमाडौैं । खानेपानीमन्त्री प्रदीप यादवले नेपाल खानेपानी संस्थान कोमामा रहेको भन्दै नाफामुलक कसरी बनाउने भन्नेबारेमा गम्भीर हुन आग्रह गरेका छन् ।

बिहीबार काठमाडौं नेपाल खानेपानी संस्थानको ३६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले घाटामा रहेको खानेपानी संस्थानलाई कसरी नाफामा ल्याउने भन्नेबारेमा सबैले गम्भीर भएर काम गर्नुपर्ने बताए । 

घाटामा रहेको संस्थानलाई नाफामा कसरी ल्याउने भन्नेबारेमा मन्त्रालय बसेर भए पनि नाफामा ल्याएरै छोड्ने प्रतिबद्धता जनाए । उनले जायज कामहरूका लागि कोमाबाट निकाल्नका लागि मन्त्रालय अघि बढ्नैपर्ने बताए । पाइप फुटेको समस्या, फोहोर पानी आएको गुनासोहरू आम नागरिकले गर्ने गरेको भए पनि समाधान हुन एक महिना लाग्ने गरेको भन्दै तत्काल समस्या समाधान गर्न संस्थानलाई निर्देशन दिए ।

कल सेन्टरको स्थापना गरेर भए पनि जनताका समस्या समयमै समाधान गर्न निर्देशन दिए । उनले सरकारले बनाएका पानी ट्याङ्कीमा नेपाल सरकार खानेपानी मन्त्रालय नलेखिएको भन्दै अबदेखि सबै खानेपानी ट्याङ्कीमा नेपाल सरकार, खानेपानी मन्त्रालय लेख्न निर्देशन दिए । खानेपानी संस्थानलाई नाफामा लैजान गेम चेन्जर कार्यक्रमहरू ल्याउनुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?