काठमाडौं । बुद्ध एयरको विवादको सम्बन्धमा लोकपथ डटकममा प्रकाशित समाचारको सम्बन्धमा शिवेन्द्र बहादुर बस्नेतले खण्डन पठाउँदै आफू वैध बाटोबाट अमेरिका गएको, श्रीमतीसँग सम्बन्ध विच्छेद नभएको र महिलासँगको विवाद कानुनी प्रकृयामा रहेको बताएका छन् ।
लोकपथलाई प्राप्त तीन पृष्ठ लामो खण्डनमा उनले शिवानी एयर आफूले मुनिन्द्र रञ्जितकारलाई विक्री गरिसकेको अवस्थामा पछि बन्द भएकाले आफ्नो कुनै भूमिका नरहेको बताएका छन् ।
त्यसै गरी छोरालाई सेयर नदिई बुहारी र नातिनातिनालाई सेयर दिएको सम्बन्धमा शिवेन्द्रले आफू अमेरिकामा रही व्यापार व्यवसाय गरेको कारण समय दिन नभ्याउने भएकाले आफूलाई सेयर नदिई अन्यलाई दिएको उल्लेख गरेका छन् । बुवाले नपत्याएर सेयर नदिएको समाचारमा सत्यता नरहेको उनको भनाइ छ ।
महिलासँगको विवाद कानुनी प्रकृयामा रहेको भन्दै समाचारले कानुनी प्रकृयालाई नै असर गर्ने बताएका छन् ।
बुद्ध एयरविरुद्ध नै मुद्दा मामिला सम्बन्धमा उनले आफ्नो परिवारको हक अधिकार खोजेको कुरा उल्लेख गरी कसैलाई सिद्ध्याउन खोजेको होइन भनी प्रष्टीकरण दिएका छन् ।
त्यसै गरी शरणार्थीका रूपमा अमेरिका भासिए भन्ने समाचारको खण्डन गर्दै उनले तत्कालीन राजनीतिक कारण आफू वैद्यरूपमा अमेरिका पुगेको उल्लेख गरेका छन् । यद्यपि के कसरी अमेरिकी नागरिकता प्राप्त गरे भन्ने सम्बन्धमा भने उनले खुलाएका छैनन् ।
हेर्नुहोस् खण्डनको पूरा विवरण ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया