काठमाडौं । केही दिनदेखि चर्चामा रहेको उपसभामुख इन्दिरा रानामगरको विषय सभामुख देवराज घिमिरेसँग सचेतक र प्रमुख सचेतकहरुसँगको छलफलका क्रममा उठेको छ ।
आज सिंहदरबारमा बसेको बैठकमा उक्त विषय समेत उठेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
एमाले प्रमुख सचेतक महेश बर्तौलाले उपसभामुखलाई हटाउने विषयमा कुनै पनि निर्णय नभएको बताएका परियारले बताए ।
साथै सत्तापक्षको कुनै मनसाय नभएकोमा आफूले कृतज्ञता व्यक्त गरेको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले भने ।
‘उपसभामुखको विषयमा चाँही मुख्य सचेतक मान्य महेश बर्तौलाजीले हाम्रो केही थिएन, तपाईंले अलि चाँडै कुरा उठाउनुभयो भन्नुभयो,’ उनले भने, ‘मैले उहाँलाई तपाईंहरुलाई धन्यवाद अब भनेँ । हामीले त संसद्मा मुद्दा उठाउने हो, कुरा सबैतिर बग्रेल्ती आए हामीले उठाइनै हाल्यौँ । त्यस्तो केही रहेनछ भने त तपाईंँहरुलाई धन्यवाद पछि पनि केही नहोस्, दुरासय नहोस् भनेर भनेँ ।’
संसद्मा एमाले सांसद योगेश भट्टराईले माओवादी लक्षित हिंसा शब्द प्रयोग गरेपछि त्यसको विरोधमा संसद्मा अवरोध खडा भइरहेको छ । जसको कारण सहमति खोज्न आज सभामुख घिमिरेले राष्ट्रिय दलका सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गरेका हुन् । सभामुखसँगको छलफलपछि सबै नेताहरु आ–आफ्नो दलहरुसँग छलफलका लागि पुगेका छन् ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठक २ बजेसम्मका लागि सारिए पनि अझैसम्म बस्न सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया