‘म नक्कली माओवादी बनेको भए माओवादीकै नेतृत्वमा छानबिन समिति बनाएर कारबाही गरियोस्’

लोकपथ
273
Shares

काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले आफूमाथि लागेका आरोपबारे छानबिनका लागि समिति बनाउन चुनौती दिएका छन् ।

माओवादी केन्द्रका सांसदहरुले योगेशले द्वन्द्वकालमा नक्कली माओवादी बनेर चन्दा उठाउने गरेको भन्दै संसद्मै योगेशमाथि खनिएका थिए ।

आइतबार राति एक टेलिभिजन अन्तर्वार्ताका क्रममा पूर्व मन्त्री समेत रहेका भट्टराईले आफूमाथि आरोप लगाउनेहरुलाई उनीहरुकै नेतृत्वमा छानबिन समिति बनाएर छानबिन गर्न चुनौती दिए ।

केही दिन अघि प्रतिनिधि सभा बैठकमा बोल्दै योगेशले देशमा १० वर्षे माओवादी हिंसा नभएको भए देशमा विजुली उत्पादनले फड्को मार्ने भन्दै कटाक्ष गरेका थिए । त्यसको प्रतिवादमा उत्रिएका माओवादी सांसदहरुले उनले द्वन्द्वकालमा नक्कली माओवादी बनेर चन्दा आतंक गरेको आरोप लगाए ।

त्यतिमात्र होइन वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले द्वन्द्वकालमा नक्कली माओवादी बनेर आफ्नो ल फर्ममा कुनै मुद्दा मिलाइदिन भन्दै योगेश आएको आरोप लगाइरहेका छन् ।

दुवै पक्षबाट लगाइएको आरोपबाट खण्डन गर्दै अन्तवार्ताका क्रममा उनले भने, ‘म चुनौतीका साथ भन्न सक्छु, उनीहरुकै नेतृत्वमा मेरो बारेमा छानबिन गर्न समिति बनाइयोस्, म त्यहि दिनबाट स्वेच्छिक निलम्बनमा बस्छु ।’

त्यस्तै माओवादीले गरेको १० वर्षे सशस्त्र युद्ध हिंसा नै रहेको जिकिर गरे । यसअघि पार्टी एकता भएका बेला आफूले माओवादीको गुनगान गाएका भाषणहरु परिस्थिती अनुसार बोलेको बताउँदै अहिले त्यसलाई बिचमा ल्याएर आलोचना गर्नुको औचित्य नरहेको दाबी गरे । साथै संविधान र अन्य दस्तावेजहरुमा जे लेखिएको भए पनि माओवादीले गरेको १० वर्षे क्रान्ती हिंसा नै रहेको एमालेको निष्कर्ष नै रहेको समेत स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?