काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले अमेरिकाको रणनीति सफल भयो भने नेपाल दोस्रो युक्रेन बन्ने खतरा रहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागद्धारा आयोजित एमसीसी, एसपीपी र राष्ट्रिय स्वाधिनता विषयक अन्तरक्रिया कार्यक्रममा उनले एमसीसीको खारेज गर्न नसकेका नेपाल दोस्रो युक्रेन बन्ने खतरा रहेको बताएका हुन् ।
‘अमेरिकाको रणनीतिमा नेपाल बस्यो भने नेपाली भूमी दोस्रो युक्रेन बन्ने खतरा छ । सम्पूर्ण वामपन्थी, राष्ट्रवादी शक्तिहरूलाई एकढिक्का भएर प्रतिवाद गर्न आग्रह गर्छु । सबै मिलेर प्रतिवाद गर्न सकियो भने हाम्रो मुलुक सदाका लागि स्वाधीन बन्नेछ अमेरिकी सैन्य रणनीतिको हिसाबले ब्याक भएका छैनन्,’ उनले भने ।
उनले अमेरिकाको सैन्य रणनीति अन्तर्गत नेपालमा एमसीसी ल्याइएको दाबी गर्दै एमसीसीको विपक्षमा उभिन सबैलाई आग्रह गरे । प्रत्यक्ष एसपीपीको हिसाबले लागु नगरे पनि विचार, नीति हिसाबले ब्याक भएका विचार, नीति हिसाबले ब्याक नभएको उनको भनाई छ ।
महासचिव गुरुङले सोझै सैनिक ल्याएर क्याम्प बनाउन भन्दा पनि बढी भन्दा बढी सूचना केन्द्र बनाउन खोजिएको भन्दै खबरदारी गर्न नसकिए राष्ट्रिय स्वाधीनता गुम्ने खतरा रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया