काठमाडौं । गण्डकी प्रदेशमा मन्त्री पद नै बिक्री गर्न लागिएको विषयमा संसद्मा आवाज उठेको छ ।
आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले त्यसबारे कुन निकायले जवाफ दिने हो भन्दै प्रश्न गरे ।
‘अहिले शहरमा दुईवटा कुरा व्यापक चर्चा छ । गण्डकी प्रदेशमा मन्त्रीको पद नै बिक्री गर्न लागियो भन्ने चर्चा छ । यो के हो ? योबारे कसले जवाफ दिनुपर्ने हो, यसको जवाफ हामी खोज्न चाहान्छौँ । मन्त्रीको पद पैसामा बिक्री गर्न सुरुवात गरेको हो की होइन ? यस्ता अभिव्यक्ति किन आउँछन् योबारे सरकारले जानकारी दियोस्,’ उनले भने ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेका राजिव गुरुङ (दिपक मनाङे) लाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो । तर उनले मन्त्री पद कांग्रेस र एमालेलाई बिक्री गर्न खोजेको भन्ने अडियो बाहिरिएको छ । सामाजिक सञ्जालमा यत्रतत्र रहेको उक्त अडियोमा आफूले मन्त्रालय बेच्न लागेको र कांग्रेसले डेढ करोड दिन आएको र आफूले तीन मागेको बताएको सुन्न सकिन्छ ।
मन्त्री नपाएको धेरै व्यक्तिहरु रहेको भन्दै एमालेले तीन करोड दिएको बताएका छन् । उक्त अभिव्यक्तिपछि अहिले मनाङेको चौतर्फी आलोचना भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया