काठमाडौं । संघीय संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि एकसय दिने अभियान सञ्चालन गर्ने भएको छ । सो पार्टीले असोज १ देखि पुस १० गतेसम्म संगठन सुदृढीकरण अभियान चलाउने भएको हो ।
कांग्रेस केन्द्रीय कार्यसमितिको सानेपामा बसेको बैठकले सो अभियान सञ्चालन गर्ने निर्णय गरेको भन्दै प्रवक्ता प्रकाशशरण महतले अभियानमा पार्टीका सबै तहका सांगठनिक गतिविधि सञ्चालन गरिने बताए ।
सांगठनिक गतिविधि प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्रता दिन तथा विधानअनुसार मातहत कार्यसमितिले गर्नुपर्ने बैठक, सम्मेलन र अभिमुखीकरण समयमै गराउन सयदिने अभियानले सहयोग पुग्ने अपेक्षा कांग्रेसको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया