काठमाडौं । सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री दीर्घराज सोडारीनेकपा एकीकृत समाजवादीको सचिवमा पराजित भएका छन् ।
बुधबार बिहान आएको नतिजा अनुसार उनले ५३ मत मात्रै प्राप्त गरेका हुन् । उनका समर्थकहरुले उनी पार्टी विभाजनताकाको सुदूरपश्चिमका कमाण्डर भन्दै चर्चा गरे पनि उनले आफ्नो जित भने जोगाउन सकेनन् ।
सुदूरपश्चिम प्रदेश एकीकृत संसदीय दलका नेता समेत रहेका उनलाई प्रदेश सभा सदस्य नरेश शाही निर्वाचित भएका हुन् ।
एकीकृत समाजवादीको विधान अनुसार ६ जना सचिव रहने व्यवस्था रहेको छ । त्यसका लागि २६ जनाले प्रतिष्पर्धा गरेका थिए ।
अन्तिम परिणाम अनुसार एकीकृत समाजवादीको सचिवमा श्रीनाथ बराल (१०७), शेरबहादुर कुँवर (१५३), चन्द्रबहादुर शाही (९१), सोमप्रसाद पाण्डे (१४१) र सावित्रीकुमारी भुसाल (१०६) ले मत पाएर विजयी भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया