एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध

लोकपथ
147
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।

आज १८ पदाधिकारीसहित पोलिटब्यूरो सदस्यका लागि निर्वाचन हुँदैछ । वरिष्ठ उपाध्यक्षमा प्रतिष्पर्धा गरेका घनेन्द्र बस्नेतले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै पाण्डे निर्विरोध निर्वाचित भएका हुन् ।

यद्यपि निर्वाचन आयोगले औपचारिक रुपमा घोषणा गर्न भने बाँकी छ ।

गत असारमा एकीकृत समाजवादीको महाधिवेशन सम्पन्न भएको थियो । उक्त महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई निर्विरोध निर्वाचित गरेको थियो । तर अन्य केन्द्रीय कमिटी सदस्य पनि पार्टीको आन्तरिक बैठकबाट टुंगो लगाइएको हो । तर पदाधिकारीमा विवाद भएपछि निर्वाचन भएको हो ।

त्यस्तै आज १०५ जना पोलिटब्यूरो सदस्य निर्वाचित हुनेछन् । भने एक वरिष्ठ उपाध्यक्षसहित ६ उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिव चुनिने छन् ।

निर्वाचनमा केन्द्रीय सदस्यहरु मतदाता हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?