काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । रास्वपा केन्द्रीय समितिको मंगलबार बिहान बसेको बैठकले सो निर्णय गरेको हो ।
रास्वपाले यसअघि ढकाललाई साधारण सदस्यबाट किन नहटाउने ? भन्दै दुईपटक स्पष्टीकरण सोधेको थियो । दुवैपटक जवाफ दिँदा ढकाल सभापति रवि लामिछानेमाथि खनिएका थिए । उनले अध्यक्ष लामिछानेमाथि नैतिकताको प्रश्न उठाउँदै उनमा नैतिक धरातल नरहेको र ‘ठग’ प्रमाणित गर्न आफूसँग प्रमाण रहेको बताएका थिए ।
यअसघि २५ असारमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको थियो । ३५ दिनभित्र कारबाही उपर पुनरावलोकन गर्ने अवधि दिइए पनि ढकालले पुरावेदन गरेनन् ।
आफूमाथिको कारबाही वैधानिक नरहेको उल्लेख गर्दै ढकालले यसअघि नै निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् । जसमा रास्वपा केन्द्रीय समिति अद्यावधिक नगर्न उनले आयोगसँग आग्रह गरेका छन् । ढकालले दिएको निवेदनमा आयोगले हालसम्म कुनै निर्णय लिइसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया