एकीकृत समाजवादीमा १८ पदका लागि ७० जना भिड्दै, रामकुमारी झाँक्री महिला उपाध्यक्षमा (सूचीसहित)

लोकपथ
791
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को १८ पदाधिकारी चयनका लागि ७० जनाको उम्मेदवारी परेको छ ।

असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा भएको दसौं महाधिवेशनले सर्वसम्मत रूपमा अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई निर्वाचित गरेको थियो । त्यसबेला बाँकी पदाधिकारी पछि चयन गरिने भनिएको थियो । यो अवधिमा सर्वसम्मतरुपमा पदाधिकारी चयन गर्ने प्रयास असफल भएपछि आज निर्वाचन गर्न लागिएको हो । त्यसका लागि उम्मेदवारी दर्ता भइसकेको छ ।

सो पार्टीको निर्वाचन आयोगद्वारा वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे र घनेन्द्र बस्नेतको उम्मेदवारी दर्ता भएको छ । यस्तै, महिला उपाध्यक्षमा जयन्ती राई र रामकुमारी झाँक्रीको उम्मेदवारी दर्ता भएको छ । मधेसी क्लस्टरको उपाध्यक्षमा धर्मनाथप्रसाद साह र रामचन्द्र झाको उम्मेदवारी परेको छ ।

उपाध्यक्ष (खुला) मा ललितबहादुर बस्नेत क्षेत्री, विजयकुमार पौडेल, गंगालाल तुलाधर, भानुभक्त जोशी, उर्वादत्त पन्त, साध्यबहादुर भण्डारी, बलरामप्रसाद बाँस्कोटा, प्रकाश ज्वाला, केशवलाल श्रेष्ठ, विरोध खतिवडा र जगन्नाथ खतिवडासहित ११ जनाको उम्मेदवारी दर्ता भएको छ ।

त्यस्तै चार सदस्यीय उपमहासचिवका लागि जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, अम्मरबहादुर थापा, लक्ष्मण केसी, रामचन्द्र यादव, मदनकुमारी शाह, हरिप्रसाद पराजुली, श्रीप्रसाद साह, परमानन्द भट्ट, रामकुमार भट्टराई, महेश रेग्मी, देउमान सम्बाहाङ्फे, नागेन्द्रप्रसाद चौधरी, राजेन्द्रकुमार राई, लक्ष्मण पौडेल, शत्रुधन महतो, मीना ज्ञवाली, भविसोर पराजुली, गोमा विष्ट र भवानी खड्काले उम्मेदवारी दिएका छन् ।

दलित सचिवतर्फ निरादेवी जैरू, गणेश विश्वकर्मा र कृष्णबहादुर नेपालीको उम्मेदवारी परेको छ । यस्तै, आदिवासी जनजाति सचिवतर्फ टोकबहादुर तामाङ वाइवा, बलदेव चौधरी र राजन राईको उम्मेदवारी परेको छ । सचिव खुलातर्फ श्रीनाथ बराल, रामेश्वर श्रेष्ठ, सोमप्रसाद पाण्डेय, भाष्कर काफ्ले, सावित्राकुमारी भुसाल, दिलकुमारी पन्त (दिलु) नरेशकुमार शाही, सुधिर साह, दीर्घबहादुर सोडारी, केशवकुमार विष्ट, प्रेमलकुमार खनाल, कृष्णप्रसाद शर्मा खनाल, धनप्रसाद गौतम, धर्मराज पौडेल, वंशीधर मिश्र, धर्मराज निरौला, शेरबहादुर कुँवर, राजेन्द्रमान श्रेष्ठ, दामोदर अर्याल, शिवप्रसाद भण्डारी, चन्द्रबहादुर शाही, शेरबहादुर केसी, धनराज आचार्य, रत्नेश्वर गोइत यादव, हस्तबहादुर शाही, गुरू बुर्लाकोटी र विदुरप्रसाद सापकोटाले उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?