काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि बोलाएका छन् ।
मंगलबार बिहान ११ बजे आफ्नो निवास बूढानिलकण्ठमा छलफलका लागि बोलाएका हुन् ।
केन्द्रीय समिति बैठकको तयारीबारे छलफलका लागि बोलाइएको कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले लोकपथलाई जानकारी दिए ।
उनका अनुसार गत फागुनमा सम्पन्न महासमिति बैठकबाट पारित भएको महामन्त्रीद्वयको प्रस्तावमाथि छलफल भइरहेको छ । बैठकमा महामन्त्री शर्माको ‘एक्जिट पोलिसी’ को विषयले जारी केन्द्रीय समिति बैठकमा नेताहरुबीच मतान्तर देखिएको छ । राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीदेखि सांसदसम्मको सीमा तोक्ने प्रतिवेदनमा देउवापक्षका नेताहरुले आपत्ति जनाइरहेका छन् । दुई महामन्त्री एक ठाउँमा उभिए पनि सभापति देउवाले भने त्यसमा सकारात्मक देखिएका छैनन् ।
भोलिको बैठकमा सो विषयमा समेत छलफल विश्वकर्माले लोकपथलाई बताए ।
‘सभापति र महामन्त्रीहरुबीच छलफल हुनु सामान्य हो । तर केन्द्रीय समितिमा पेचिलो बनेका केही विषयहरुलाई सहज बनाउन भोलिको बैठक केन्द्रीत रहनेछ,’ उनले भने ।
गत साउन २३ गतेबाट सुरु भएको कांग्रेस केन्द्रीय समिति आगामी भदौ १२ गते बस्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया