एक महिनाभित्र उपभोक्ता अदालत गठन गरिने

लोकपथ
105
Shares
फाइल तस्बिर

काठमाडौं ।  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले एक महिनाभित्र उपभोक्ता अदालत गठन गर्ने बताएका छन् । 

आइतबार वर्तमान अवस्थामा आपूर्ति व्यवस्था र उपभोक्ता अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले कृत्रिम अभावलगायतका मूल्य समायोजनाका वस्तुहरूमा प्रभाव परेकाले उपभोक्ता अदालत  गठन गर्नुपर्ने बताएका हुन् ।

उनले  भने, ‘अहिलेको उत्पादन कति  छ ? स्टक कति  ? उपभोक्ताहरूले त्यसको डाटा दिनुपर्ने छ  । मन्त्रालयले डाटा ल्याउन चाँडै माग गर्नेछ । ड्युटी घटाउन परे पनि  घटाउँछौँ, तर  सरकारले  आव्हान  गरेका कार्यक्रममा चिनी उत्पादन संघलाई सरकार नै  चाहिन्छ । त्यसैले आपूर्ति श्रृंखलामा रहेका समस्यालाई सम्बोधन गर्न सरकार तयार  छ । अनुगमन गर्नकै लागि एक महिनाभित्र उपभोक्ता अदालत  गठन हुनेछ ।’

साथै उनले उपभोक्ता श्रृखलाको चुनौती राज्यको नियन्त्रणमा नरहेको उल्लेख गरे ।  उनले उत्पादनमूलक वस्तुहरू मुलुकमा उत्पादन गर्न नसकेको र खुला सिमाका कारण उपभोक्ता श्रृखलाको चुनौती बढेको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?