काठमाडौं । गृहमन्त्री रमेश लेखकले दुई ठुला दल एक ठाउँमा आएर सरकार निर्माण गर्दा मुलुकमा विश्वासको वातावरण सिर्जना भएको बताएका छन् ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय धनुषामा बन्न लागेको नयाँ भवनको शिलान्यास गर्दै गृहमन्त्री लेखकले दुई ठुला दलको समिकरणबाट निर्माण भएको अहिलेको सरकारले देशलाई नयाँ आयामतर्फ लैजाने उल्लेख गरेका हुन् ।
उनले १८ वर्षदेखि निष्कर्षविहिन रहेको संक्रमणकालिन न्याय सम्बन्धि विषय अहिलेको दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिदा निष्कर्षमा पुग्न सफल भएको स्पष्ट पारे ।
गृहमन्त्री लेखकले कांग्रेस र एमाले एकठाउँमा आएर सहज सरकार निर्माणका लागि मात्रै नभई देशमा राजनीतिक स्थायित्व प्रदान गर्नुका साथै मुलुकमा व्याप्त समस्याहरुलाई समाधान गर्ने अभिप्रायले यो समिकरणको निर्माण गरिएको बताए ।
सत्ता पक्ष र प्रतिपक्ष दुवै लोकतन्त्रका अपरिहार्य आधार भएकाले विकास, आर्थिक समृद्धि, कानुनको शासन सुनिश्चित गर्ने लगायतका कुराहरुमा सबै सँगै मिलेर काम गर्नुपर्नेमा समेत उनले जोड दिए ।
गृहमन्त्री लेखकले, राजनीतिक अस्थिरताले विगतमा केन्द्र र प्रदेश दुबैमा असर परेकाले थलो परेका विकास र निर्माणका कामहरु अब दुई ठुला पार्टी मिलेर बनेको यस सरकारले पूरा गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया