परराष्ट्रमन्त्री फर्किएकै दिन पर्यटनमन्त्री पाण्डे किन गए भारत ?

लोकपथ
161
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भारतको गुजरातमा आयोजना हुन लागेको ‘धर्म–धम्म’ सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन् ।

मन्त्री पाण्डे गुजरतामा हुने तीन दिने आठौँ ‘धर्म–धम्म’ सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् । भारत फाउण्डेशनको पहल एवं गुजरात विश्वविद्यालय, अमदाबादसँगको सहकार्यमा हुन लागेको ‘धर्म–धम्म’ सम्मेलनमा हिन्दू र बौद्ध सभ्यताबीच निकट रहेका विचारमाथि विमर्श हुने जनाइएको छ । सो सम्मेलनमा नेपालसहित भूटान र श्रीलङ्कालगायत देशका मन्त्रीहरूका सहभागिता रहने जनाइएको छ ।

यसपटकको ‘धर्म–धम्म’ सम्मलेनको नारा ‘धर्म र धम्ममा ब्रह्माण्ड विज्ञान’ रहेको छ ।

सम्मेलनले शताब्दीयौंदेखिको सांस्कृतिक र सभ्यताको अन्तरसम्बन्धले प्रदान गरेको ‘धर्म–धम्म’ बीचको साझा विचारलाई एकीकृत गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

सम्मेलनको उद्देश्य उदीयमान नयाँ विश्व व्यवस्थाको लागि दार्शनिक संरचना निर्माण गर्नका लागि ‘धर्म–धम्म’ परम्पराका धार्मिक, राजनीतिक र विचारधारा नेताहरूलाई एकसाथ ल्याउने रहेको छ । उक्त सम्मेलनमा विदेशका शोधकर्ताहरूले आफ्ना शोधपत्रहरू प्रस्तुत गर्ने जनाइएको छ । सम्मेलनमा १८ देशका तीन सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् ।

त्यसो त आजै परराष्ट्रमन्त्री भारत भ्रमण सकेर नेपाल फर्किृएकी छिन् । राणा भारतीय समकक्षी एश जयशंकरको निमन्त्रणमा भारत गएकी थिइन्् । परराष्ट्रमन्त्री राणाले भारतीय समकक्षी जयशंकरसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत उच्च पदस्थ व्यक्तिसँग समेत भेटेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?