नेतृत्व सही नभए व्यवस्था परिवर्तनले मात्र केही हुँदैन : चन्द्र भण्डारी

लोकपथ
196
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेतृत्व सही ढंगको नआएसम्म व्यवस्था परिवर्तन गरेर मात्र समाज परिवर्तन नहुने बताएका छन् । 

बिहीबार नेपाली कांग्रेसको पेसागत एवम बुद्धिजीवी विभागले स्व. प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसरमा आयोजित अन्तरक्रियामा उनले जनताले लडेर व्यवस्था परिवर्तन गरेको तर नेतृत्व विवेकशील हुन नसक्दा समाज परिवर्तन नभएको बताए । 

उनले भने, ‘व्यवस्था परिवर्तन गरेर समाज परिवर्तन हुदैँन् । जबसम्म नेतृत्वको इच्छा शक्ति हुँदैन तबसम्म परिवर्तन सम्भव छैन । महिला, दलित, थारु अगाडि आए पनि कसैको पछि लागेर मात्र आउन सके । गल्ती यही भयो । नेतृत्व विवेकशील हुन सकेन । नेतृत्व दूरदर्शी भएन । नेतृत्व आफ्नो परिवार र सम्पत्तिभन्दा बाहिर जान सकेन ।’

यस्तै, उनले समाजवादको कुरा गरेर मात्र केही नहुने भन्दै जनताले महशुस हुने हिसाबले समाजवाद ल्याउनुपर्ने बताए ।  उनले भने, ‘समाजवादको कुरा गरेर मात्र हुन्छ र ? जनतालाई केही दिनु नि पर्‍यो नि । आफू मात्र बन्ने समाजवाद, आफू मात्र हिँड्ने समाजवाद, आफ्नो लागि मात्र समाजवाद खोजेर हुन्छ ? त्यो समाजवाद होइन, ठग वाद हुन्छ । अब वास्तविक समाजवादतिर हामी लाग्नुपर्छ ।’ 

नेपाल जस्तो धनी र राम्रो देश विश्वमा कतै नभए पनि नेपालका युवाहरू देशमा बस्न नचाहने भन्दै यो सबै गलत नेतृत्व, स्वार्थी व्यक्तिको छनोटको कारणले भएको उनको भनाई छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?