संसद्मै प्रधानमन्त्री ओलीको कार्यक्षमतामाथि प्रश्न उठ्यो

लोकपथ
609
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्षमतामाथि प्रश्न उठाएकी छिन् ।

आज बसेको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै पूर्व शिक्षामन्त्री समेत रहेकी सांसद श्रेष्ठले प्रम ओलीको पछिल्ला अभिव्यक्तिहरुबारे स्मरण गराउँदै प्रश्न उठाएकी हुन् ।

उनले पछिल्ला दिनहरुमा विश्वविद्यालयमा भइरहेको विवादबारे सरकारको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्रीको कार्यक्षमतामाथि प्रश्न उठाएका हुन् ।

‘विवाद भएका विश्वविद्यालयका कुलपति को ? प्रधानमन्त्री । एउटा मन्त्रीले अर्को मन्त्रीलाई सामाजिक सञ्जालमा जोडदार माग गर्नुपर्ने त्यो मन्त्रीहरुको परिषद्को कप्तान को ? प्रधानमन्त्री । दुई वटा ठुलो दलको भ्रातृ संगठन, प्रशासनिक संगठन, प्राध्यापकको संगठनले जडजड बनाएको छ । तर त्यसलाई चिरेर एउटा दिशा दिन्छु भनेर हाक्ने व्यक्ति प्रधानमन्त्री । गत साउन ३० गते सरस्वती क्याम्पसमा चिट चोराउन गएका अनेरास्ववियुका नेताले परीक्षा नियन्त्रकलाई कुटे । क्याम्पस प्रमुख र क्याम्पस प्रशासन मुकदर्शक भए । त्यसको माउपार्टीको अध्यक्ष को ? अहिलेका सम्माननीय प्रधानमन्त्री हुनुहुन्छ । शिक्षालयमा दल चाहिन्छ भनेर, अहिले सेनापतिका रुपमा सबै ठाउँमा राजनीति गर्न पर्छ । शिक्षकहरुले राजनीति गर्न पर्छ, प्राध्यापकले राजनीति गर्न पर्छ भनेर भन्दै हिँड्ने सेनापति को हुनुहुन्छ ? अहिलेका प्रधानमन्त्री । जरोमा पनि उही, टुप्पोमा पनि उही । यसमा प्रधानमन्त्रीको कार्यक्षमता भएन भनेर नभन्नुपर्ने कारण चाँही के छ ? बताइदिनुपर्यो ?,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?