काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा हदम्याद मान्ने नहुने स्पष्ट पारेका छन् ।
आज बसेको प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले सो कुरा बताएका हुन् ।
उनले आफूलाई उक्त विषय सरकारले लागू गर्न आट्यो भनेर निरन्तर युवाहरुले फोन गरिरहेको भन्दै त्यसमा आफू, आफ्नो पार्टी कुनै पनि हालतमा स्वीकार नगर्ने बताए ।
‘भ्रष्टाचारको मुद्दामा हदम्याद मान्य हुँदैन । नो इफ, नो बट, हाम्रो कुरा क्लियर कट,’ उनले भने ।
पछिल्ला दिनहरुमा भ्रष्टाचारको मुद्दामा हदम्याद राख्ने विषयमा संसद्देखि समितिका बैठकसम्म आवाज उठिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया