काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समिति सदस्य वामदेव गौतमले सरकारको अनुमतिले सञ्चालन भएका सबै संस्थाहरूले सदाचार नीति लागू नगरेमा कारबाहीको व्यवस्था गर्नुपर्ने बताएका छन् ।
बुधबार समितिमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढिकरणको लागि अनिवार्य सर्त रहेको सुशासन र यसको प्रवर्द्धन गर्न राष्ट्रिय सदाचार नीति जारी गर्ने सम्बन्धमा सरोकारवालासँग भएको छलफलमा उनले यस्तो बताएका हुन् ।
उनले राष्ट्रिय सदाचार नीति नियम र कानुन नभई व्यक्तिको आचरण भएकाले व्यक्तिगत रुपका कुनै संस्थालाई पनि बोलाउन सकिने धारणा राखे । सदाचार नीतिमार्फत सरकारले मन्त्रीहरुले निर्वाह गर्नुपर्ने सदाचार जारी गर्न खोजेको उनले बताए ।
उनले भने, ‘राष्ट्रिय सदाचार नीति नियम पनि होइन, कानुन पनि होइन, संविधान पनि बन्न सक्दैनन् । त्यो सदाचार नीति नै हो त्यो भनेको व्यक्तिको आचरण हो र व्यक्तिगत रुपका कुनै संस्थालाई पनि बोलाउन सकिन्छ, त्यो संस्था व्यक्तिको रूपमा हुन्छ त्यसरी आचरण लागू गर्न सकिन्छ । त्यो भन्दा बढी गर्नै हुन्न । प्रतिनिधि सभा छ त्यसले आफ्नो सदस्यहरूलाई सदाचार लागू गर्ने, नेपाल सरकारले आफ्नो मन्त्रीहरुले निर्वाह गर्नुपर्ने सदाचार जारी गर्ने हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया