भ्रष्टाचार निवारण ऐनलाई समितिबाट छिट्टै पारित गर्न गृहमन्त्रीको आग्रह

लोकपथ
231
Shares
फाइल तस्बिर

काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण ऐन २०५९लाई समितिबाट छिट्टै पारित गर्न आग्रह गरेका छन् । 

बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐनमाथिको छलफलमा सांसदले राखेका जिज्ञासाहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले ऐनलाई संशोधन गर्न पहिचान भएका विषयहरुलाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताए ।  

उनले भने , ‘भ्रष्टाचार नियन्त्रणसँग जुन ऐन छ यसको अत्यन्त ज्याँदा महत्त्व छ, यो  गम्भीर विषय पनि हो , संवेदनशील विषय भएकाले भ्रष्टाचार निवारण ऐन २०५९ लाई समितिबाट र  सभाबाट चाँडो भन्दा चाँडो पारित गर्न सकियोस् भन्ने म आग्रह गर्न चाहन्छु ।

उनले भने , ‘भ्रष्टाचार नियन्त्रणसँग जुन ऐन छ यसको अत्यन्त ज्याँदा महत्त्व छ, यो  गम्भीर विषय पनि हो , संवेदनशील विषय भएकाले भ्रष्टाचार निवारण ऐन २०५९ लाई समितिबाट र  सभाबाट चाँडो भन्दा चाँडो पारित गर्न सकियोस् भन्ने म आग्रह गर्न चाहन्छु ।’

पहिचान भएका विषयमा धेरै  छलफल भैइसकेको जनाउँदै निष्कर्षमा पुर्‍याउन ढिलाई गर्न नहुने बताए ।

 ‘यो प्रस्ताविक विधेयकमा सदन र सभामा विस्तृत रूपमा माननीय सदस्यहरूको समेत संशोधन समेत आएर समितिमा पुगेको छ । छलफलका विषयहरू पहिचान भइसकेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्र विस्तार गर्ने कि नगर्ने भन्ने एउटा विषय पहिचान भएको छ । उजुरीकर्ताको पहिचान हुुनुपर्ने कि नपर्ने?, हदम्यादको सवाल बडो गम्भीरताका साथ उठेको छ । स्वार्थ बाझिने भन्ने विषय के हो भन्नेबारेमा पनि उठेको छ । कुनै निर्णय गरेर अख्तियारको दुरुपयोग हुन्छ भने कामै नगरी बस्दाखेरि त्यसले राज्यलाई नोक्सान भयो भने निर्णय नगर्ने पदाधिकारीमाथि कारबाही गर्ने कि नगर्ने ?’ उनले भने 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?