काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ ।
आगामी भदौ ९,१० र ११ गते काठमाडौंमा केन्द्रीय कमिटी बैठक बोलाइएको महासचिव घनश्याम भुसालले जानकारी दिए ।
उनका अनुसार मुख्यतः तीन एजेण्डा केन्द्रीय कमिटी बैठकको रहेको छ ।
पहिलो एजेण्डा निर्वाचित केन्द्रीय सदस्यहरुलाई शपथग्रहण, दोस्रो केन्द्रीय संरचनाहरूको निर्माण र तेस्रो विविध विषय राखिएको छ ।
त्यस्तै बैठक बस्ने स्थानका विषयमा भने निक्र्योल भइसकेको छैन ।
पछिल्ला दिनहरुमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजावादीबीच एकताको चर्चा चलिरहेको छ । बृहत वाम एकताको पक्षमा रहेका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटघाट बाक्लिएपछि दुई पार्टी एक हुन लागेको चर्चा चलेको हो । माओवादी केन्द्रबाट भने त्यस विषयमा सकारात्मक रहेको धारणा आइरहेको छ भने एकीकृत समाजावादीले भने दुई दल मात्रै भन्दा पनि बृहत वामपन्थी एकताको धारणा सार्वजनिक गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया