काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आर्थिक र राजनीतिक गतिविधि सही बाटोमा नहुँदा पर्याप्त रोजगारी सिर्जना हुन नसकेको बताएकी छन् ।
मंगलबार काठमाडौंमा आयोजित अन्तर पुस्ता संवाद फोरममा उनले व्यवस्था आफैँमा खराब र असल भन्ने होइन त्यसलाई सञ्चालन कसरी गर्ने भन्ने विषय महत्त्वपूर्ण भएको भन्दै युवाहरुलाई देशमै रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिनुपर्ने बताइन् ।
उनले भनिन्, ‘व्यवस्था आफैँमा खराब र असल भन्ने कुरा हुँदैन । व्यवस्थालाई कसरी सञ्चालन गर्ने भन्ने कुरा हेर्नुपर्छ । हाम्रो आर्थिक अवस्था, राजनीतिक गतिविधिले गर्दा देशमा रोजगारी सिर्जना गर्न सकिरहेका छैनौ ।’
यसको साथै उनले देश आजसम्म पनि निर्वाहमुखी कृषिमा रमाइरहेको भन्दै यस्तो कृषिले देश विकासमा सहयोग नपुग्ने बताइन् । उनले भनिन्, ‘हामी आजसम्म पनि निर्वाहमुखी कृषिमा रमाइरहेका छौँ । व्यावसायिक कृषिमा जान सकेका छैनौ । यसरी नै जाने हो भने हामी कतै पनि पुग्न सक्दैनौ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया