काठमाडौं । प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका विपक्षी दलहरुले अवरोध खडा गरेका छन् ।
आज बसेको बैठकको आकस्मिक समयमा रास्वपा सांसद हरि ढकालले आफ्नो धारणा राख्ने क्रममा सभामुखले ध्यानाकर्षण गराए । सांसद ढकालले सडक दुर्घटनाको विषयमा कुरा राखेका थिए । तर उनले भ्रष्टाचारका अन्य विषय प्रवेश गर्न लागेपछि सभामुखले माइकको लाइन काटिदिएका थिए । त्यसको विरोध गरिरहेको रास्वपालाई माओवादी केन्द्र र राप्रपाले समेत साथ दिएर उठेपछि अहिले संसद् बैठक अवरुद्ध बन्न पुगेको छ ।
सो क्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले संसद्को आकस्मिक समयमा सभामुखले विषय तोकेर सांसदहरुलाई बोल्न दिने कुरा प्रतिनिधि सभा नियमावली विपरित रहेको भन्दै आपत्ति जनाए ।
यता सभामुखले भने सांसदहरुले नै पास गरेको नियमावली अनुसार रहेर सदन सञ्चालन गरेको जानकारी गराउँदै नियमावलीको जानकारी गराए । तर रास्वपा, राप्रपा र माओवादीको अवरोधका कारण बैठकमा अवरोध भएको हो ।
सभामुखले सांसद ढकाललाई बोल्न दिएपछि अहिले संसद् बैठक अघि बढिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया