पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

लोकपथ
77
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ ।

केही बेरअघि माओवादी मुख्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।

शुक्रबारबाट सुरु भएको स्थायी कमिटी बैठक आज पनि बसेको हो ।

यसअघिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रम र आगामी रणनीतिबारे ब्रिफिङ गरेका थिए ।

आजको बैठकमा विभिन्न ४ एजेण्डामाथि केन्द्रीत रहेर छलफल हुने बताइएको छ ।

बैठकमा एजेण्डाहरुमा वर्तमान परिस्थितिबारे ब्रिफिङ वैचारिक, राजनीतिक, सांगठनिक परिस्थिति लगायतका विषयमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?