काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमाले मिलेर देशलाई दुई पार्टीले कब्जा गर्न लागेको आरोप लगाएका छन् ।
बिहीबारबाट काठमाडौंको धुम्बाराहीमा सुरु भएको जिल्ला अध्यक्षहरुको भेलालाई सम्बोधन गर्दै लिङ्देनले सो कुरा बताएका हुन् ।
कांग्रेस र कम्युनिष्ट पार्टीहरु मिलेर मात्रै हालसम्मको परिवर्तन आएको हल्ला फैलाइएको भन्दै अहिले तीनै पार्टीकै कारण प्रजातन्त्र, बहुदलीय व्यवस्था र समानुपातिक समावेशीता धरापमा परेको छ टिप्पणी गरे ।
लिङ्देनले भने, ‘००७ सालको आन्दोलनमा पनि हाम्रो भूमिका थियो, २०४६ सालको पनि हामीले गरेका हौँ र ०६२–६३ को पनि हामीले गरेका हौँ भनेर डंगा पिट्ने र हामी बिना आन्दोलन, परिवर्तन सम्भव थिएन भन्ने कांग्रेस–कम्युनिस्ट पार्टीहरुबाटै प्रजातन्त्र, बहुदलीय व्यवस्था र समानुपातिक समावेशीता धरापमा परेको छ ।’
दुई पार्टी सिस्टममा जान लागेको उनको दाबी छ । अरु दलहरु,नागरिक समाजले निरन्तर खबरदारी गर्दा समेत हरेक निर्णयमा कांग्रेस एमालेको बिगबिगी रहेको बताउँदै दुई दल मात्रै रहेमा देश थप जटिलतातिर जाने जिकिर गरे ।
‘अरु दलहरु, नागरिक समाज सबैले यत्रो खबरदारी गर्दा त कांग्रेस– एमालेको यो प्रकारको बिगबिगी छ, कांग्रेस–एमाले मात्र भयो भने यो देश कस्तो हुन्छ होला ?,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया