काठमाडौं । नुवाकोट जिल्लामा नेपाली कांग्रेसमा आस्था राख्ने नेता–कार्यकर्ताहरुलाई एकै ठाउँमा जोड्न ‘तपाईँ–हामी कांग्रेस’ अभियान थालिएको छ ।
नेपाली कांग्रेसका युवा पंक्तिका नेताहरुले पार्टीलाई गुटउपगुट भन्दा माथि राखेर अघि बढ्नुपर्ने सन्देश दिन नयाँ अभियान थालेका हुन् ।
युवा नेताहरु जयराम दाहाल, राजु कँडेल, शिव गुनी, अजय पाठक लगायतका युवाहरुले पार्टीलाई एकढिक्का बनाएर अघि बढाउनुपर्ने सन्देश दिन सो अभियानको थालनी गरेको एक अभियानकर्ताले बताए ।
उक्त समूहले आज काठमाडौंको नागार्जुन पार्टी प्यालेसमा साउन १५ विशेष कार्यक्रम गरेको छ ।

लामो समयदेखि जिल्लामा पार्टीका भ्रातृ संस्थाहरुको महाधिवेशन हुन नसक्दा भ्रातृ संस्था निष्कृय भएको भन्दै पार्टी नेतृत्वलाई दवाब दिन अभियान थालिएको अभियानमा जोडिएका एक अभियानकर्ताले बताए ।
‘एकातिर पार्टीका भ्रातृ संस्थाहरुको महाधिवेशन हुन नसक्दा भ्रातृ संस्थाको गतिविधि निष्कृय छ । भने अर्कोतिर पार्टीको जिल्ला नेतृत्व निष्कृय हुँदा पार्टीका गतिविधिहरु समेत सुस्त बन्दै गएको छ । पार्टीलाई चलाउनमान बनाउँदै जिल्लामा गुट भन्दामाथि उठेर काम गर्न यो अभियान थालेका हौँ,’ ती अभियानकर्ताले भने ।
उक्त कार्यक्रममा अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत, केदारनरसिंह लगायतका सयौँ नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया