काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद कुसुम थापामगरको उम्मेदवारी परेको छ ।
यसअघि सभापति रहेकी डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेपछि कृषि समिति नेतृत्वविहीन रहेको थियो ।
त्यससँगै थापाले सभापतिका लागि उम्मेदवारी दिएकी हुन् ।
थापाको प्रस्तावकमा कांग्रेस सांसद वीरबहादुर बलायर र समर्थकमा एमालेका सूर्यप्रसाद ढकाल रहेका छन् ।
निर्वाचनमा समानुपातिकबाट सांसद बनेकी थापा कांग्रेस महामन्त्री गगनकुमार थापा निकट मानिन्छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया