काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको पछिल्ला कदमबारे आशंका व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका लामिछानेले केही प्रहरी अधिकृतको सरुवा गर्ने र सत्तापक्षका सांसदहरुको कुरा सुनेपछि शंका व्यक्त गरेका हुन् ।
आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लामिछाने लक्षित टिप्पणी गरेका थिए । महामन्त्री शर्माले धेरै काण्डहरु आफूहरु आएपछि बाहिर ल्याइएको दाबी गरेका लामिछानेलाई उनको दल बन्नभन्दा पहिला नै काण्डका फाइलहरु खुलेको भन्दै कटाक्ष गरेका थिए ।
‘सरकारका पछिल्ला कदम र कांग्रेस महामन्त्रीज्यूको कुरा सुनेपछि पुरै ढुक्क भैयो, यो गठबन्धन निकै बलियो हुनेछ । त्यसैले सम्झौताको बुँदा नं ४ अनुसार २०८३ साल साउनमा प्रधानमन्त्री बन्न लाग्नुभएका कांग्रेस सभापति मा. शेरबहादुर देउवालाई हार्दिक बधाइ दिँदै सफल कार्यकालको शुभकामना दिन चाहन्छु,’ लामिछानेले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया