काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र संसदीय दलको उपनेता चयन गर्न माग गरेका छन् ।
आइतबार संसद् भवन परिसदमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै संसदीय दलको उपनेता चयन गर्नुपर्नेमा जोड दिएका हुन् ।
त्यस्तै उनले पार्टीले संसदीय दलको उपनेता चयन गर्न डिला गर्न नहुने भन्दै सभापति शेरबहादुर देउवाकोमा ध्यानाकर्षण गराए ।
‘किन बनाउनु भएन केही कारण होला उहाँको मनमा । तर, उपनेता त उहाँले चयन गर्नुपर्ने हो । मलाई पनि लाग्छ, उपनेता बनाउनुपर्छ । उहाँको अनुपस्थितीमा उपनेताले बागडोर सम्हाल्छ नि । त्यसैले उपनेताचाँही हुनुपर्छ,’ उनले भने, ‘तर, किन त्यो भएको छैन, शेरबहादुर देउवाजीलई नै सोध्नुपर्छ ।’
पार्टीका शीर्ष नेताबाट उपनेता बनाइनुपर्ने उनको धारणा रहेको छ । साथै उनले आफूले उपनेता दिएमा पनि स्वीकार गर्ने संकेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया