काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सरकारले संविधान संशोधन गर्दा राज्यमा बढ्दो खर्च कटौती र समावेशीको मुद्दालाई सम्बोधन गर्नुपर्ने औँल्याएका छन् ।
उनले समावेशीका माध्यमबाट लाभ लिइरहेकाहरु असतुष्टी हुने अवस्था सिर्जना हुनसक्ने भएकाले त्यसतर्फ सचेत हुनुपर्ने बताए ।
नेपाल प्रेस युनियन केन्द्रीय समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा उनले राजनीतिक दलहरुको नियतप्रति पनि आम जनताले आवाज उठाइरहेको बताए ।
‘क्लष्टरका नाममा धेरैले जागिर पाएका छन् तर मानिसहरु असतुष्ट छन् । समावेशी बचाउने नाममा संख्या घटाउँदा असन्तुष्टि बढ्ने भएकाले त्यसतर्फ सचेत हुनुपर्छ ।
सरकारमा दलित समुदायको उपस्थित नहुनु दुर्भाग्य हो तर समुदायहरू आफैँ जागरूक हुनुपर्ने देखिन्छ,’ उनले अगाडि भने,‘संविधान संशोधन गर्दा अस्थिरता बढ्ने कुरामा राजनीतिक नियत पनि हाबी हुने देखिन्छ । विगतमा पनि अस्थिरता थियो । कुनै बेला कांग्रेसकै एकमना सरकार हुँदा पनि अस्थिरता थियो । यस्तो अवस्थामा अस्थिरताका नाममा राजनीतिक नियतका बारेमा स्पष्ट अध्ययन हुनुपर्छ ।’
शिवाकोटीले संविधान संशोधनका लागि अहिलेदेखि नै संघन छलफल गर्नुपर्ने सुझाए । उनले २०८२ को अन्तिमतिर संविधान संशोधनको प्रक्रिया अघि बढाउन आवश्यक रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया